गजल:
पसे म प्रदेश तिर कुराएर अर्घाखाँची
बाध्यत्तमा हिड्नु पर्यो रुवाएर अर्घाखाँची ।।
मलाई कहिल्यै भुल्ने छैन् खोलानाला पखेरोले
फर्किने छु भनेको छु कमाएर अर्घाखाँची ।।
बसेका छन् हाँसेका छन् सबैजना मिलीजुली
स्वर्ग जस्तै प्यारो प्यारो बनाएर अर्घाखाँची ।।
आउने छु कुनैदिन पर्खी बसे मेरी सानु
राख्ने छु सधै तिम्लाई हँसाएर अर्घाखाँची ।।
कती रोयौ कती हाँस्यौ गाउँलेको माझ आमा
धेरै बाँच्यौ आफ्नो पिडा लुकाएर अर्घाखाँची ।।
डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल

No comments:
Post a Comment