<div style='background-color: none transparent;'></div>
.
Home » » कबीता-काजी को नयाँ आकाश !

कबीता-काजी को नयाँ आकाश !

ए ! काजी साहेब
र,
मान्छे लाई 'अमान्छे' भन्ने
एकाध-नबजात हरू
एकाध-अभीजात हरू
एकै 'सगरमाथाको'
छानो ओढेर पनी
उस्तै धौलागीरी लाई
सीरानी हालेर पनी
तीमी कसरी अग्लो भयौ ?
अनी,
'म' कीन होचो ?
यसबखत,
कारण देखाऊ
तीम्रो,
फरक-बर्रमाहणड देखाऊ
तीम्रो,
फरक-आकाश देखाऊ
र,
देखाऊ यो पनी
तीम्रो 'हीरा' जडीत
फोक्सो,
कलेजो,
टाउको,
अनी भनीदेउ
तीमले फेर्ने अक्सीजन
कून रूख को
पात मा पलाउछ ?
र,
रगत खेल्ने नशा
कस्तो 'धमनी' भइ बग्छ
के फरक छ ?
तीमीले टेक्ने धर्ती मा
के फरक छ ?
मैले हेर्ने-'आकाश' मा
अब त
कारण देखाऊ
काजी साहेब !




ए ! काजी साहेब
एक-सकेेणड
वा,
एक-पल
रगत बीना बाचेर देखाऊ
आशू बीना
रोएर देखाऊ
के फरक छ ?
मैले बगाउने आशू मा
अनी,
के नया श्वाद छ ?
तीमीले पीउने पानी मा
हामी,
उस्तै छाती भरी
समान-कणाली बगाउछौ
र बगाउछौ
उही-बागमती !
तर,
मैले छोएको पानी चल्दैन
र आगो बल्दैन
सम्झ त काजी ! साहेब
मेरो मन,
उध्रेको बखत
म तीम्रो
भोटो सीलाई दीन्छू
मेरो भाग्य
उक्कीएको दीन
म तीम्रो 'भाडा 'टालीदीनछू
मलाइ अबगत छैन
तीम्रो रगत मा कस्तो ?
नया-अम्ऋत घोलेका छौ
र मान्छेे को
मोलतोल गरेका छौ
कीनकी.
उस्तै आमाको-'स्तन' पीएर पनी
तीमी आफूलाई-पहाड देख्छौ
र 'जमीन' ठान्छौ-हामीलाई
ए ! काजी साहेब
के फरक छ ?
तीम्रो नवजात शीशू
र हाम्रो काख को-सन्तान को
रूवाइ मा ?
हसाइ मा ?
अनी
लजाई मा ?
यसबखत,
फेरी
एक पटक,
कारण देखाऊ |



ए ! काजी साहेब
तीम्रो 'आमा' मा के फरक छ ?
जो मेरो,
आमा मा छैन
के त्यस्तो फरक छ
तीम्रो आखा मा ?
जो हाम्रो,
नजर मा कैद छैन
फूल लाई सोध,
आगो लाई सोध
झरना लाई सोध,
अनी,
सोध-नदी हरू लाई
तीमी आफै गन
तीम्रो मूटू को-धड्कन
अनी भन
के फरक छ ?
धड्कन को चाल'-तीमी र 'म' मा
तर पनी चलायमान गती मा
तीमी कसरी ?
महा-मानब
म कीन ?
कू-मानब ?
यसबखत,
मात्र,
जवाफ देउ |



ए ! काजी साहेब
इतीहास को यो घडा
कठीन-'बीरासत' मा
तीमी,
मीत्र भीत्र को-शतूर
अनी,
उकालो जस्तै-ओर्हालो
तर,
ख्याल राख !
हीसाब-कीताब सकीदैन
अङ्क-गणीत को
न सकीन्छ-हाम्रो संकल्प
हाम्रो क्रम को-इमान
हाम्रो सेवा को-पहीचान
तीमीले,
पाइतला मूनी कूल्चीए पनी
हामी तीम्रो-टाउको टेक्छौ
र ठटाउछौ
तीम्रो 'टाउलो'जसतैै-टाउको

बजाउछौ तीम्रो-छाला
जस्तैै-हाम्रो बाजा
कीनकी,
पहीचान र श्वाभीमान को
हामी- घन पनी हौ
हामी-बाजा पनी हौ
ए ! काजी साहेब
अब,
ठट्टा नगर ।

कबी-दील नीसानी मगर
बागलुङ
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2011. यात्रा अझै बाकि छ ... . All Rights Reserved
Template Modify by Inpire by Darkmatter Proudly powered by Blogger