गजल:
यो मदिराको नशामा गल्तीहरु धेरै हुन्थे
हो मातिएको बेलामा गल्तीहरु धेरै हुन्थे ।।
लुकामारी खेल्थ्यौ हामी बिरालो र मुसा जस्तै
उनि लुक्थिन कुनामा गल्तीहरु धेरै हुन्थे ।।
भेट्न जान्थे भेट्न आउथी सधै सधै सन्धिखर्क
त्यही शान्ती बगैचाँमा गल्तीहरु धेरै हुन्थे।।
उता पञ्चे बाजा बज्थ्यो यता हाम्रो मन जल्थ्यो
त्यस्तै मंसिर ताकामा गल्तीहरु धेरै हुन्थे ।।
जिन्दगीको केहि हरफ 'बा' बाट सिके मैले
भन्नु हुन्थ्यो परिक्षामा गल्तीहरु धेरै हुन्थे ।।
डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल

No comments:
Post a Comment