गजलउ रिसाए पनि खुब माया गर्थी
के के भन्थी अनि खुब माया गर्थी ।।
मलाई काखै निर सुताएर उस्ले
मेरो राजा भनि खुब माया गर्थी।।
सुनसान रातमा आकास हेर्दै
तारा गनी गनी खुब माया गर्थी ।।
म गजलमा कहाँनी लेख्थे हाम्रो
पढेर जिबनी खुब माया गर्थी ।।
हामी छुटेको पनि धेरै भएछ
कसरी बिर्सनी खुब माया गर्थी ।।
डिएनके कुवँर
लुम्बिनी नेपाल
२०७०-०८-१४
No comments:
Post a Comment