<div style='background-color: none transparent;'></div>
.
Home » » यादको त्यान्द्रोबाट

यादको त्यान्द्रोबाट


चुरोटको बट्टामा धुम्रपान स्वास्थको लागी हानिकारक छ । भनेर लेखिएको हुन्छ, त्यो भन्दा पनि हानिकारक माया हुन्छ किन बुझ्दैन यो मेरो चुरोटले.

'उस्ले खुशी लुटेर मेरो मुटु जलाई'

''चुरोट तँ कती ज्ञानी छस यार
आफु जलेर खुशी दिदै मेरो मुटु जलाउन्छस !!

हितैसी
कतिपय गितहरु यस्ता हुन्छन न सुन्न सकिन्छ न बजिरहेको गित बन्द गर्न सकिन्छ !!
मुटु जलेर भतभती भएको थियो साथी नजिकै मजाले गुफ लडाउदै थियो
अब त खाना खाँउ यार ढिला भैसक्यो उस्ले यस्तै भन्दै थियो
ल पस्केन त खाउँला भने, मेरो मुटु जलेर चुरोटको धुवाँ उडिरहेको थियो बिचरा उस्लाई के थाहा म किन चुरोट पिउदै छु !
साले धेरै चुरोट नखा यार चाँडै मर्लास फेरी यस्तै भन्दै थियो बिस्तारै केटीको कुरा निकाल्यो यि केटी हरु पनि खत्तम हुन्छन यार सोझा केटालाई फसाउन्छन तँ पनि कतै यस्तै भैस कि के हो यार स्राहै निरास छस त उस्ले मलाई खुशीको मुडमा ल्याउने कोसिस गरिरहेको थियो..
त्यस्तो केहि होइन यार यत्तिकै हल्का टेनसन परेको मात्रै यस्तो कहिले काही हुन्छ मैले भन्न नपाउदै उस्ले भन्यो साले ढाँट्छस म तेरो साथी होइन पहिला केहि नखाने मान्छेले अहिले यस्तो खान थालिस तँ त्यही केटीको प्यारमा पागल भैस..छोड यार यस्तो हुन्छ जस्लाई पनि किन टेन्सन गर्छस मान्छे भएर त म जस्तो बिन्दास पो हुनुपर्छ हेर्न मलाई केहि टेन्सन छैन उ यस्तै भन्दै बिस्तारामा पल्टियो म अर्को चुरोट सल्काएर मोबाइलमा sms पढ्दै थिए आँखा बाट थप्प आँशु झर्यो मोबाइलको डिसपेले भिज्यो !!

फेरी मोबाइल सिरानीमा राखेर रेडियो खोले रेडियोमा गित बजीरहेक थियो म सुन्न सकिन न बन्द गर्न सके म त्यो कोठामा थुनिए जस्तो लाग्यो भर्खरै बाहिर गएर चिच्चाउ जस्तो लाग्यो अँह उपाय थिएन मुटु जलाउनु बाहेक, फेरी मोबाइल हेरे अल बिदा म तिम्रो हुनै सक्दिन मलाई अब कल नगर्नु मलाई बाध्यता पर्‍यो तिमी जहाँ भएनी मलाई नबिर्सनु है! यस्तै लेखिएको थियो यो पिडा यो जलन कस्लाई सुनाउ म पिन्जडाको चरा जस्तै छट्पटाए कती बेला यो पिडा बाट मुक्ती भएर उडेर आकास छौ र संसार जितौ यस्तै भयो मलाई, रेडियोको गित सकियो तिमी आउने बाटोमा फुल रोपी दिए तिमी किन आइनौ.. यस्तै भन्दै थियो गितले म फोन गर्न खोजे हात कामे सकिन नम्बर डायल गर्नै सकिन आँखा राता भई सकेका रहिछन एक गिलास पानी खाएर सुते र निदाउने चेस्टा गरे निद्रै परेन यता फर्किए उता फर्किए धेरै कोल्टे फेरे उस्को तस्बिर आँखैमा गडे जस्तो घरीघरी आइरह्यो, निदाउनै सकिन याद मनभरी अल्झै रह्यो मुटु बिझायो, सोंचे उ त स्राहै निस्ठुरी रहिछे प्यारमा फसाएर मलाई छोड्ने बाहान बनाउदै छे कस्ती निस्ठुरी मेरी माया, फेरी मन भुलाउन होइन यार उ मेरी नै हो यस्तै मनमा कुराले दोन्द्द गर्न थाले, मनमा यस्तै कुरा खेलाउदै थिए खै कती बेला निदाएछु पत्तै भएन, भक्तपुरको त्यो सिरेटोमा पिरथी गुमाए प्यार गुमाए.. मेरो कोमल मुटु धोस्त बनाएर गै निस्ठुरी..!!

यादको त्यान्द्रोबाट

डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2011. यात्रा अझै बाकि छ ... . All Rights Reserved
Template Modify by Inpire by Darkmatter Proudly powered by Blogger