<div style='background-color: none transparent;'></div>
.
Home » » गजल: तिम्रो बाटो मेरो घर आगन संग जोडिएर

गजल: तिम्रो बाटो मेरो घर आगन संग जोडिएर

गजल 

तिम्रो बाटो मेरो घर आगन संग जोडिएर
चरी जस्तै भयो यो मन त्यो मन संग जोडिएर

शरीर भन्छ अङ्गालोमा बेरीरहुँ तिमीलाई
शिर भन्छ बसुँ तिम्रै बधन संग जोडिएर

कोइलीको मधुरताले मलाई तिम्रै झल्को दिन्छ
साझ पख तिम्रै बोली बचन संग जोडिएर

मेरो तन मेरो मन मेरो पुरै जीन्दगानी
बस्न पाउँ भन्छ तिम्रै जिवन संग जोडिएर

मेरा हरेक प्रभातमा उदाउछौ तिमी पनी
तेजीलो त्यो घाम अनि किरण संग जोडिएर


भण्डारी दाई अचम्म
मेलम्ची हेलम्बु नेपाल
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2011. यात्रा अझै बाकि छ ... . All Rights Reserved
Template Modify by Inpire by Darkmatter Proudly powered by Blogger