<div style='background-color: none transparent;'></div>
.
Home » » गजल: अचेल किन यस्तो सपना देख्दैछु!

गजल: अचेल किन यस्तो सपना देख्दैछु!

गजल
 

अचेल किन यस्तो सपना देख्दैछु
जहाँ हेर्‍यो त्यही संभावना देख्दैछु ।।

चन्द्रमामा जाने पुल बनाउने अरे
म यो सरकारको योजना देख्दै छु ।।

नयाँ प्रधानमन्त्रीको टेण्डर खुलेछ
भित्ता भरि सुचनै सुचना देख्दैछु ।।

हिजो हजुरको कुकुर बित्नु भएछ्
आज अखबारमा समबेदना देख्दैछु ।।



पुरु लम्साल
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2011. यात्रा अझै बाकि छ ... . All Rights Reserved
Template Modify by Inpire by Darkmatter Proudly powered by Blogger