गजलयादै यादमा बिताएका आँखा हेर हितैसी
पिडामा डुबी निदाएका आँखा हेर हितैसी !!
जुन हेरेर कती रोए मुटु छामेर राती
तिम्रै प्यारले रुवाएका आँखा हेर हितैसी !!
मुना मदनको जस्तो कथा हुने छैन भन्थ्यौ
त्यही कथाले बिझाएका आँखा हेर हितैसी !!
बिछोडको रापले पोल्यो कि पोलेन तिम्लाई
आँशुले ज्यान जलाएका आँखा हेर हितैसी !!
यो डिएनके यसै पागल भएकै होइन
आँशु पुछेर ओभाएका आँखा हेर हितैसी !!
डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल
No comments:
Post a Comment