गजल
हेर्दा हेर्दै जोवान मेरो ढल्के पछि रून थाले
अतितका ति पलहरू छल्के पछि रून थाले
बिरानो यो मुलुकमा कसैको साथ नपाउँदा
मेरी आमाको न्यानो काख झल्के पछि रून थाले
मिर्मीरे देखि गोधुली सम्म काम गर्दा गर्दै
यी पसिनाका धाराहरू खल्के पछि रून थाले
रात दिन त्यही मेरो गाउँ घरको यादमा हुँदा
सपनी मा सगरमाथा टल्के पछि रून थाले
कतै पनि कसैको नि साथ छैन मलाई अब
प्रियले छोडी अन्तै तिर पल्के पछि रून थाले
पारश खनाल
खन ६ अर्घाखाँची
हाल मलेसिया
हेर्दा हेर्दै जोवान मेरो ढल्के पछि रून थाले अतितका ति पलहरू छल्के पछि रून थाले
बिरानो यो मुलुकमा कसैको साथ नपाउँदा
मेरी आमाको न्यानो काख झल्के पछि रून थाले
मिर्मीरे देखि गोधुली सम्म काम गर्दा गर्दै
यी पसिनाका धाराहरू खल्के पछि रून थाले
रात दिन त्यही मेरो गाउँ घरको यादमा हुँदा
सपनी मा सगरमाथा टल्के पछि रून थाले
कतै पनि कसैको नि साथ छैन मलाई अब
प्रियले छोडी अन्तै तिर पल्के पछि रून थाले
पारश खनाल
खन ६ अर्घाखाँची
हाल मलेसिया
No comments:
Post a Comment