गजल नि-शंकोच बोले हुन्छ लजाउनु पर्दैन भो
मेरो सामु यसैगरी सर्माउनु पर्दैन भो !!
झुटो बोले ओठहरु सत्यबोल्छन् आँखा तिम्रा
जुधाएर हेर आँखा बताउनु पर्दैन भो!!
मुटु भित्र बसेकी छौ तस्बिरमा खोज्दिन म
बाढुलीमा यादहरु पठाउनु पर्दैन भो !!
बयान के गरौ तिम्रो हँसिलो त्यो मुहारको
अकबरे सुन लाई चम्काउनु पर्दैन भो!!
आकाश तर्फ फर्की थुके छिटा पर्छ मुहारमा
रक्ष्यान हो बुझे पछी चलाऊनु पर्दैन भो !!
जीतु खड्का गाउँले
मोरङ उलाबारी
No comments:
Post a Comment