<div style='background-color: none transparent;'></div>
.

कबिता

गजल

आर्टिकल

Wednesday, 15 January 2014

नमस्ते!
तपाईंलाई मेरो बल्ग मा स्वागत छ!!
म युवा साहित्यकार तथा संचार कर्मी डिएनके कुवँर
म बिभिन्न साहित्यिक कार्यक्रम चलाउने गर्दछु सामुदायिक रेडियो अर्घाखाँची १०५ थोप्लो ८ मेगा हर्ज, नुवाकोट एफ एम १०६ दशमलब ८ मेगा हर्जमा साथै अरु म्युजिकल प्रोग्राम पनि चलाउने गर्दछु र रेडियो प्राबिधिक काम गर्दै आईरहेको छु ।

'जिन्दगी' यात्रा भन्छन जिन्दगीमा धेरै काम गर्नु छ धेरै संघर्ष गर्नु छ, जिन्दगीका मोडमा आरोह अबरोह आउने गर्छन त्यसैले हरेश खानु हुँदैन, चुनौती सँग लड्दै जिन्दगीलाई अगाडी बडाउनु पर्छ, यो यात्रा निरन्तर चलाउनु पर्छ अझै कती दु:खहरु होलान अझै कती खुशीहरु होलान यस बखत 'मन' नदुखाउ किनकी यात्रा अझै बाँकी छ !

त्यसैले बल्गको नाम पनि 'यात्रा अझै बाँकी छ' राखें, तपाईं सँग पनि कुनै साहित्य रचना छन भने पठाउन सक्नु हुनेछ Dnkkunwar@gmail.com मा म बल्गमा राख्ने छु, बिभिन्न साहित्यिक खुराक र मेरोमा जनकारी लिन'को लागी बल्ग अबलोकन गर्दै गर्नु होला,धन्यवाद !
Continue Reading | comments

गजल: जुधाएर हेर आँखा बताउनु पर्दैन भो!!


गजल

नि-शंकोच बोले हुन्छ लजाउनु पर्दैन भो
मेरो सामु यसैगरी सर्माउनु पर्दैन भो !!

झुटो बोले ओठहरु सत्यबोल्छन् आँखा तिम्रा
जुधाएर हेर आँखा बताउनु पर्दैन भो!!

मुटु भित्र बसेकी छौ तस्बिरमा खोज्दिन म
बाढुलीमा यादहरु पठाउनु पर्दैन भो !!

बयान के गरौ तिम्रो हँसिलो त्यो मुहारको
अकबरे सुन लाई चम्काउनु पर्दैन भो!!

आकाश तर्फ फर्की थुके छिटा पर्छ मुहारमा
रक्ष्यान हो बुझे पछी चलाऊनु पर्दैन भो !!

जीतु खड्का गाउँले
मोरङ उलाबारी
Continue Reading | comments

गजल: रेडियोमा काम गर्ने साथीहरु प्रती सर्मपित:


गजल

बिहान साँझ समाचार, फुक्छु रेडियोमा
समाचारमा छ संसार, फुक्छु रेडियोमा ।।

खिचातानी लुछातानी, हुन्छ राजनितिमा
के भन्छ हाम्रो सरकार, फुक्छु रेडियोमा ।।

हिंसाको उन्मुलन गर्न, चेतना छर्दै म
हुन्छ भने गाँउ सुधार, फुक्छु रेडियोमा ।।

कार्यक्रम चलाउदा, यस्तो हुन्छ कहिले
बहकिएर आफ्नै प्यार, फुक्छु रेडियोमा ।।

आफ्नो पनि पिडा हुन्छ, कस्लाई सुनाउने
बिदा पाइन्न शनिबार, फुक्छु रेडियोमा ।।

डिएनके कुवँर
अर्घाखाँची
लुम्बिनी नेपाल
Continue Reading | comments

गजल: छाती भरी देश दुख्छ

गजल
खै के खबर सुनाउ छाती भरी देश दुख्छ
छामेर कहाँ बताउ छाती भरी देश दुख्छ ।।

पुस्ता सँगै सुस्ता हँराउछ कि भन्ने पिर
ए बुद्द सुस्ता बचाउ छाती भरी देश दुख्छ ।।

बिरालो नि बाघ भयो सर्कारमा पुग्दाखेरी
निती यस्तो नचलाउ छाती भरी देश दुख्छ ।।

गरीबीले सताएर रुँदै भन्छिन् मेरी आमा
यो छोरो कहाँ पठाउ छाती भरी देश दुख्छ ।।
 
डिएनके कुवँर
लुम्बिनी नेपाल
 
Continue Reading | comments

गजल: म कलममा मसी भरेर आउने छु ।।

Tuesday, 14 January 2014

गजल


ज्युदै आउने छु या मरेर आउने छु ।
तर पक्कै केही त गरेर आउने छु ।।

अरे यार कसम खाएको छु अचेल ।
सके फूलेरै नत्र झरेर आउने छु ।।

चुनौती स्बिकार छ ति पत्थर मुटुमा ।
म यस्तो प्रेम बिज छरेर आउने छु ।।

अठोट लिएको छु समुंद्र पार गर्ने ।
डुबेर होइन म तरेर आउने छु ।।

होशियार युद्धको घोषणा गर्नेहरु ।
म कलममा मसी भरेर आउने छु ।।


समिर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Continue Reading | comments

कबीता-तीमी आवाज र आगो हौ !

कबीता-तीमी आवाज र आगो हौ !




कबी-दील 'नीसानी' मगर






तीमी ले,
पेेन्टागनको उपल्लो तला मा
टावर खडा गराउछौ
वा,
फोक्लेनको टापू मा
सानो स्टूडीयो बनाउछौ
जे होस
तीमीले कारगील को कथा बजाउछौ
र
कैलेकाही भने
कारागार जस्तै कबीता को
मानौ,
लडाई मा अंगभङ्ग भएको
एउटा गोर्खाली
तीम्रो
आवाज लाई 'आमा' अम्झेर
अन्तीम बाक्य बोल्न चाहन्छ
र
रगतले कोर्छ एउटा चीठी
सायद,
यी तरंग का संबेदना हरू
अनी
तीम्रो आवाजको
ध्वनी-करूणा
खोच,
पहाड ,
र
बागमती बन्दै बगेपछी
तीमी फेरी,
गीत बजाउछौ कारगील को
आजकल
तीनै गीत हरू
सारंगी को तार मा झूणडीएर
भेतनाम वारको
आवाज झै
पहाड मा ठोक्कीन पूग्छ
हो, तीमी
त्यही पहाडको आवाज हौ
र
अबीचलीत तरंग डिएनके कुवँर  हौ




तीमी
सानो 'वाकमेन' बोकेर
हीटलर को आवाज लाई कैद गर्छौ
र
बनाउछौ-गान्धीबाणी
हामीले काश्मीर मा थापेको छाती
र
मस्त नीदाएको नया-दील्ली
हाम्रो गोर्खे टाउको लाई
काडेतार बनाऊदै
काश्मीर सीमाना मा गाड्ने
अनी
महान भारत को मीठो सपना देख्ने
त्यो नया दील्ली !
ख्याल गरोस उसले
हामी,
हीटलर हौ
हामी
इनामीन दादा हौ
र
हामी Dnk kunwar पनी हौ




हाम्रो
जीवनको बांङ्गो बाटो
र
तीम्रो सीधा परशारण
मानौ
कान्दहार मा भेटीएको
एउटा बम बोकेर
तीमी रानीबन मा
शीकार खेल्छौ -मृग को
हामी,
शीकार गर्छौ- मान्छे को
यसबखत
मृग र
मान्छे
दोबाटो मा उभीएर
अल्बर्ट आइन्स टाइन झै
जीब्रो नीकाल्छ
र
लूकाउछ आफ्नो आवाज
जब पहाड को आवाज हराउछ
अनी,
शहरको चेतना डराउछ
तब तीमी ले
ेआगो झै आवाज नीकाल्नू
कीनभने
तीमी,
मोहन बैद्य कीरण पनी हौ








तीमीले
सग्लो आवाज लाई
ईडीट गरे पनी
डीलीट हूने छैन
तीम्रो इतीहास
कीनभने
तीमी आफै आवाज हौ
आफै इरेजर हौ
तीमीले
आवाज मात्र भरीदेउ
्करान्ती-कबीता को
र
आगो लगाई देउ अपशब्द
रेटीने छैन तीम्रो गला
सद्दाम को झै
बरू
अबरूद्द बन्नेछन
तीम्रो आवाज बीना
जीवन को धावन मार्ग !
यसबखत
तीमी यडमन हीलारी हौ
तीमी जंग बहादूर राणा हौ



Continue Reading | comments

प्रेमपत्र : एकदिवसीय विश्वकप क्रिकेट’

Monday, 13 January 2014

प्रेमपत्र एकदिवसीय विश्वकप क्रिकेट’
प्रिय, मेरो मात्र हैन क्रिकेट प्रेमी नेपालीको मनमुटुमा अभिन्न अंग बनेर डेरा जमाउँन सफल उत्साह र सद्भावको प्रतिक मेरो प्रिय मान्छे ‘नेपाली राष्ट्रिय क्रिकेट टोली’ (नेराक्रिटो ).....
राजनीतिक अस्थीरता हत्या, हिंसा र अत्याचारको पर्दाबाहिर क्रिकेटमा÷खेलमा लगानी गर्नुपर्दोरहेछ भनेर सम्वन्धीत निकायले बन्द आँखा उघारेको परिवेश, आफ्नै संस्कृति आफ्नै भेष, सगरमाथाको काख, बुद्धको जन्मस्थल र चार जात छत्तिस वर्णको साझा फुलबारी, तिम्रै आत्मिय मातृभूमिदेखि तिम्री खेलप्रेमी को तर्फबाट मिठो मायाँ, मधुर सम्झना, सु–स्वास्थ्य एव्म दिर्घायुको कामना ।
प्रिय, नेराक्रिटो सर्वप्रथम त पुष २९ गते÷जनवरी १२ देखि सुरु हुन गैरहेको नेपाल र नेपालीको आस्था, धरोहर, शान, आसा र भरोसाको केन्द्रविन्दु ‘एकदिवसीय विश्वकप क्रिकेट’ को ऐतिहासीक अग्नी परीक्षामा तिम्रो सतप्रतिशत नतिजा, सानदार जित र शीर्ष स्थानको लागी हार्दिक मंगलमय शुभकामना ।
फलामे ढोकाकोे पूर्व सन्ध्यामा अस्वस्थ प्रिय कप्तान पारस र सुवासको शिर्घ स्वास्थ्यलाभको कामना ।
प्रिय मन, नेपाली क्रिकेटको इतिहाससँगै मैले क्रिकेटको नियम बुझेको धेरै भएको छैन । क्रिकेटका पारखी मेरा बाबा टिभी मा नेपालसँगै अन्य देशको क्रिकेट हेरेर छक्का चौका र जितमा ताली पिट्नुहुन्थ्यो । म नबुझेरै उफ्रदै रमाउँदै ताली पिट्थे । जब म अलि बुझ्ने भए र पत्रकारीता जगतमा ताते ताते गर्न थाले, क्रिकेटका समाचार लेख्न, पढ्न र हेर्न थाले तब म नेपाली टिम र टिमको प्रदर्शनसँग यसरी जोडिए कि मलाई अब क्रिकेटसँगको प्रेमबाट कसैले पाखा लगाउँन सक्ने छैन । प्रिय गोर्खाली तिमी खेलेको हेर्न र अपडेड हुन पाइनभने मेरो दिमाग तातेर आउँछ र मतिष्क मै हलचल हुन्छ । वास्तवमा प्यारा म तिम्रो प्रदर्शन र तिमीबिना बाँच्न नसक्ने भएकि छु सायद तिम्रा नेपाली समर्थक पनि यस्तै भन्छन ।
प्यारा, तिम्रा हरेक खेल राम्रा, उत्कृष्ट र सुधारीएका छन् । तैपनि ताजा इतिहास कोट्याउँन मन लाग्यो मलाई । केहि समय अघि (२०१३) मा घरेलु मैदानमा भएको १० राष्ट्र सहभागी एसीसी टि ट्वान्टी एलिटकप क्रिकेटमा तिमी अन्तिम दिन उपाधीका लागी अफगानीस्तानसँग खेल्दै थियौ । टियु मैदान छेउँ बसेर म नियाल्दै थिएँ तिमीलाई, कठिन संघर्षका बावजुत पनि तिमी सफल हुन सकेनौ र सात विकेटको पराजय भोग्यौ । उपाधी अफगानिस्तानले लग्यो, सारा सर्मथक निराशाको बादलमा मडारीए, नेपाली झण्डा समेत निराशिलो बन्यो । अफगानी खेलाडी तिम्रो अंगालोमा बाँधिदा मन टुक्रियो घरीघरी गिज्याजस्तो लाग्थ्यो तिम्रो हारले मेरो दिलमा घाउ बन्यो । तिमी गोलबद्ध बन्यौ आँसु खसाउँदै । ‘वास्तवमा परीक्षामा डराएर भाग नलिनु र उर्तिण हुने आँट र शाहसका साथ भाग लिनुमा धेरै फरक पर्छ’ । फेरि भन्छन् नि ‘कहिलेकाँही सम्मो बाटोमा हिड्दापनि ठेस लाग्छ रे विणम्बना मेरो गोर्खालीलाई पनि यस्तै भयो’ । यहि भन्दै सम्झाए आफ्नो मनलाई ।
घरेलु मैदानमा तिम्ले भोगेको पराजयले मेरो र आम नेपालीको मुटुमा लागेको घाउमा, तिमी बर्मुडा पुगेर उत्कृष्ट प्रदर्शन गरी आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता बनेर मलम लगाइदियौ । वैशाख २२ गतेको राती युगान्डालाई ५ विकेटले पराजित गर्दै तिम्ले डिभिजन ‘थ्री’को उपाधि जितेपछि म भित्रको खुसीले विष्फोटको रुप लियो । वैशाख २४ मा तिमी स्वदेश फर्कियौ तिम्रो भब्य स्वागत गरियो र नगर परिक्रमामा राष्ट्रिय झण्डा फहराउँदै पुरै तागत लगाएर रमाइलो गरीयो । त्यहि दिन तिम्रो १९ बर्षे भाइले मलेसियालाई ७ विकेटले हराउँदै एसिसि यु–१९ एलिट कप क्रिकेट प्रतियोगिताको समुह बिजेता बनेर सुनमा सुगन्ध थपेको थियो । मलाई हर्षले आकाश छोएजस्तै भान भएको थियो त्योे पल ।
प्रिय मन, तिमीले जतिपनि खेल खेल्यौ, अबको तिम्रो लक्ष्य थियो विश्वकप खेल्ने । तिमी नेपाल आमा र सारा नेपालीको आर्शिवाद थापेर यहि लक्ष्य पुरा गर्ने एकदिवसीय विश्कप छनोट खेल्न युएई प्रस्थान ग¥यौ । म मठ मन्दिर र भगवान्सँग तिम्रो जितको प्रार्थना गरीरहेँ । प्रिय मन तिमी राष्ट्रको सान जोगाउँन र सारा नेपाली मन हँसाउन अनवरत संर्घष गर्दै प्रतियोगीताका ३ खेलमा जित निकाल्यौ । तिमी खेलेको प्रत्यक्ष प्रसारण हेर्न नपाएर युवा र बृद्ध त आक्रोशित थिए नै साना स्कुले भाइबहिनी अझ बढि आक्रोशित थिए । ‘दिनहुँ भाषणमात्र छाट्ने नेताको अनुहार टिभिमा देखाउँनुको साटो हाम्रो क्रिकेटको लाइभ दिनुनि’ उनिहरुको गुनासो थियो । तिमी हङकङविरुद्ध जित निकालेर विश्वकप छनौटमा पुग्नुपर्ने निर्णायक पल थियो । जितका लागी नेपाललाई हङकङविरुद्ध १३ रन चाहिएको थियो । सारा नेपालीका आँखा तिम्रो (शरद) प्रदर्शनमा केन्द्रित थिए, सबैको भगवानसँग एउटै प्रार्थना थियो तिमी विश्वकप पुगेको हेर्ने । तिम्रो पासमा युएईमा रहेका नेपालीले उत्साह थपिरहेका थिए । जितका लागी हामीलाई मात्र १ रन चाहिएको थियो । सारा नेपालीको मुटुले ठाउँ छोडीसकेको थियो, नभन्दै तिमीले घेरा हालेर बसेका हङकङी फिल्डरहरुलाई जिल्याउँदै एक रन जोडेर नेपाललाई विश्कप पु¥याइ छाड्यौ र रच्यौ नौलो इतिहास । तिम्रो १ रन वास्तवमा मुर्छित नेपालका लागी ‘संजिवनीबुटी’ बनेको थियो र त तिम्रो प्रदर्शन हनुमानले मन्दराञ्चल पर्वत बोकेर ल्याएजस्तै भयो ।
सारा नेपालीको हर्षका आँसु र गुञ्जनले सिंगो नेपालसँगै सारा विश्व हल्लियो । खुसीले कैँयौ दुर्घटनामा परे, ¥यालीहरु उर्लन थाले, हर्षले सिमा नाग्यो मेरो तिम्रो नतिजा रेडियोमा पढिरहँदा मेरो गला अवरुद्ध बन्यो । सायद मेरो जिवनकालमा सबैभन्दा ठुलो खुसी तिमीले पहिलोपटक दिलाएका थियौ, जहाँ सारा नेपालीको विश्वकप पुग्ने सपना साकार भएको थियो । बालकदेखि बृद्धासम्म सबै विजय उत्सवमा लिन भए, नेपाल क्रिकेटमय बन्यो । त्यो खुसीलाई मैले शब्दमा उर्तान सक्दिन । ‘मंसीर १२ कालान्तरसम्म इतिहास बन्यो’ । प्रिय मन, सन १९८८ मा अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिलको सदस्यता लिएको नेपालले अन्र्तराष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको करिब डेढ दशकभित्रै तिम्रै अथक प्रयास, मिहिनेत र पुवुदुको मार्गदर्शनले बिश्वकपको सपना साकार ग¥यौ । युएईलाई ५ विकेटले पराजित गर्दै नेपाललाई तेस्रो बनायौ तिमीले ।
कुर्सीका लागी मरीमेट्ने देश हँकुवाहरुलाई तिमी देखाइदिएका थियौ कि ! वास्तवमा हामी ‘खेल मैदानमा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दे गरुङ्गो भारी बोकेर खेल्छौ, एक अर्कालाई एमाले, कांग्रेस, माओवादी, ब्राह्मण, क्षेत्रि, दलित नभनी मात्र सिंगो नेपाली सम्झेर साझा अभिभारा र उत्तरदायित्व बोकेर खेल्छौँ’ । खड्का, मल्ल, भेष्वाकर, रेग्मी, भण्डारी, भट्टराई, क्षेत्रि, मण्डल, खकुरेल, कर्ण, ऐरी, विश्वर्मा, गौचन सबै मिलेपछि एउटा लक्ष्यमा पुग्न सकिंदो रहेछ भनेर । जसरी क्रिकेट खेलमा व्याट्म्यान, बलर, विकेट, किपर, फिनिसर, फिल्डर, सबैको आवश्यकता पर्दछ त्यस्तै नेपाललाई नेपाल बनाउन सम्पूर्ण नेपालीको आवश्यकता हुन्छ । सामुहिक एकतामा आ–आफ्नो सीप, दक्षता र योग्यता अनुसारको कदर गरेपछि देश निर्माण गर्न सकिन्छ भन्ने उदाहरण दिएका थियौ तिमीले । तर देश चलाउँनै मियो नै खराब भएपछि हाम्रो के लाग्दो रहेछ र प्यारा ।
इतिहास रच्दै तिमी स्वदेश फर्किदाको दिन संसारकै सारा खुसी फर्किएजस्तै भान हुन्थ्यो घरिघरि, विमानस्थल बाहिर सारा समर्थकसँगै राष्ट्रिय झण्डा उत्सव मनाइरह्यो, नेपाली क्रिकेट जिन्दावाद भन्दा हर्षले छाति फुलेर आउँथ्यो । तिम्रो जितले वास्तवमा नेपाल आमा पनि अवाक भएकि थिइन्, लाग्थ्यो तिमीले नेपाल आमाको दुधको भारा एकहिसावले तिरिसकेका थियौ । विमानस्थलबाट नगर परिक्रमामा तिम्रो साथमा जनलहरै उर्लियो ।
अन्नपूर्ण होटलमा आयोजित सम्मान कार्यक्रममा सदैव कुल र स्पष्ट वक्ता तिमी ‘कप्तान पारस’ सुक्क सुक्क रुँदै भन्यौ । ‘म आँसु रोक्न चाहिरहेको छु...तर रोक्न सकेको छैन’ साँच्चै एउटा मान्छे (प्रशिक्षक पुवुदु दासानायके) को सोँचले मात्र हामी विश्वकप पुग्यौँ । ‘हामी सबै मिलेर किन देश निर्माण गर्न सक्दैनौँ’ ? बुझ्नेलाई इसारा काफी थियो । तर, बुझ्नुपर्नेले कति बुझे कुन्नि तिम्रो आँसुको मुल्य ? पत्तै पाइन र रुँदै साथ दिएं मैलेपनि तिमीलाई । देशको दयनिय अवस्थालाई आफ्नो आँसुमा मुछेर थप्यौ तिमीले ‘हामी मैदानमा अन्तिम समयसम्म सारा नेपालीको खुसीका लागी मात्र खेल्छौ’ झन मुटु भक्कानिएर आयो । तिम्रो रूवाइसँगै हलमा उपस्थीत सबैका आँखा रसाए । तिम्रा आँसुलाई सान्त्वना दिँदै सरकारले क्रिकेटमा लगानी गर्न प्रतिबद्धता जनायो । प्रिय ‘नेराक्रिटो’ तिम्रो रूवाइ हर्षोल्लासको रूवाइ मात्र थिएन, तिम्रा आँसुमा सम्पूर्ण नेपालीको पीडा छताछुल्ल भएर पोखिएको थियो सिंगो राष्ट्रको पीडा छल्किएको थियो । प्रिय ‘नेराक्रिटो’ म विश्वस्थ थिए तिम्रा आँसुको एउटै सन्देश थियो ‘क्रिकेटका लागि रंगशाला त बनाउनै तर त्यो भन्दा अघि सबै एकजुट बनेर एकताबद्ध बनेर संविधान र देश निमार्णमा जुट’ राखेपको सम्मान र नगरपरिक्रमामा समर्थकको जनलहरले नेपाल तातिरहेको थियो । चोक चोक र राखेप भवन अघि ‘वल्र्डकप खेल्न पाइयो स्टेडियम चाहियो’, ‘कप्तान कस्तो पारस जस्तो’, ‘कोच कस्तो पुवुदु जस्तो’, ‘फिनीसर कस्तो शरदजस्तो’ नेपाली क्रिकेट जिन्दावाद जस्ता नाराहरु घन्किरहँदा जिन्दगीकै महत्वपूर्ण सफलता हाँसील गरेजस्तो लाग्थ्यो मलाई । तिम्रो सम्मानको लस्करै चल्यो अलि दिनसम्म । प्रिय मन, तिमी एकदिवशिय क्रिकेटको तयारीका लागी अभ्यास खेल खेल्न श्रृंलका गयौ र ४ वटै अभ्यास खेलमा अपराजित भयौ । सबैलाई खुसी तुल्यायौ । त्यो भन्दा खुसीको कुरा यता राष्ट्रिय खेलकुद परिषद्ले नेपालमै पहिलोपटक त्रिवि मैदान किर्तिपुरमा इन्डोर क्रिकेट हल निर्माण सुरु ग¥यो । न्यजिल्याण्ड गएपछि तिमी अस्वस्थ भयौ (कप्तान पारस र सुवास) । जसको प्रत्यक्ष असर दुवै अभ्यास खेलमा प¥यो । पराजय भोग्नुप¥यो तिमीले, यसको मतलव अरुको प्रदर्शन कमजोर थियो भनेकि हैन प्यारा मैले प्रशंसा योग्य थियो नै । प्रिय मन, सिनियर नेपाली महिला राष्ट्रिय क्रिकेटमा छोरीहरुको प्रदर्शन पनि राम्रो भैरहेको छ ।
जसले नेपाली क्रिकेटमा अझ उचाइ थप्नेछ । अर्को विश्वकप ‘वानडे’ को छनोटका लागि तिमी भोलीदेखि खेल्दैछौ प्रिय । न्यून बजेट र सीमित साधन स्रोतका भरमा तिमीसँगै नेपाली क्रिकेटले यो उचाइ चुम्दा जति खुसी र गौरव महसुस भैरहेको छ । तिमीपछिको नया“ पुस्ता उत्पादन हुन नसक्नुले त्यति नै दुखद् अनुभूति गराउँछ । आखिर, किन मौन छ राष्ट्र यो कुरामा र क्रिकेटको विकासमा ?
प्रिय मन, तिमीले छिट्टै महत्वपूर्ण फलामे ढोकाको सामना गर्दैछौ जसमा सफल भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) वानडे (एक दिवसीय) विश्वकपमा पुग्नेछौ । एउटै प्रार्थना छ मेरो तिमीलाई विश्कपमा पुग्ने क्षमता भगवान्ले पक्कै प्रदान गर्नेछन् । नभए तिमीले अर्को उचाइ पनि छुनेछौ म पूर्ण विश्वस्थ छु । प्यारा, सन् २०१५ मा न्युजिल्यान्ड र अष्ट्रेलियामा हुने वानडे विश्वकपमा सहभागिता पक्का गर्न भने तिमीलाई आफूभन्दा बलिया र वानडे मान्यता पाइसकेका देशलाई पाखा लगाउनुपर्ने चुनौति छ । भन्छन नि ‘मान्छेहरुका लागी चुनौती र अवसरको ढोका सदैव खुला हुन्छ रे’ मात्र चुनौतिको सामना गरेर अवसर लाई हात पार्न जान्नु पर्छ प्यारा । मलाई लाग्छ तिमीले यो परीक्षाका लागी आफ्नो तागत र खुविलाई खेर जान दिनेछैनांै ।
छनोट प्रतियोगिताको शीर्È दुईमा रहे तिमीले विश्वकप खेल्न पाउँनेछौ । पुटवलमा जति घरेलु ढा“चा राम्रो नभए पनि तिमीले ‘नेपाली क्रिकेटले’ पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा एक उचाइ भने लिएका छौ ।
अन्त्यमा.........प्रिय ‘नेपाली राष्ट्रिय क्रिकेट टोली’ (नेराक्रिटो) यो फलामे ढोका पार गर्ने क्रममा तिमीलाई कुनै अप्ठ्यारो नपरोस्, परीक्षाको समयमा चौका र छक्का बर्साउनु, विकेट लिँदै विपक्षीलाई तर्साउँनु, बल र व्याटले नयाँ इतिहास कोर्नु, फेरिपनि नेपालको चन्द्र सुर्य न्युजिल्याण्डमा फहराउँनु, तिम्रो बहादुरी, पसिना र रगतले हामी सबैलाई नेपाली हुँ भन्ने शाहस दिलाउँन सकोस्, पारस र सुवासको स्वास्थ्य पूर्ण रुपले सुधार होस्, अन्य टोलीलाई विसन्चोपनले नछोस्,सबै नेपालीले तिम्रा पसीना र रगतको मुक्तकण्ठले प्रशंसा गरुन, सरकारले क्रिकेटको विकासका लागि दिएको वाचा पुरा गरोस, मुलपानीको मैदान चाडै बनाउँन सम्बन्धीत निकायले पहल गरोस्, तिम्रो एकताबद्ध सफलताबाट देश हाँक्नेहरुले सबै मिलेर काम ग¥यो भने सफल भैदो रहेछ भन्ने बुझुन् र देश निर्माणमा कटिबद्ध भएर लाँगुन । हून्छ त प्यारा, जसरी हुन्छ यो मिसनलाई पुरा गर्नु र पुरै बल र यो फलामे ढोकालाई पार गर्नु अग्रीम शुभकामना ।।।

उहि तिम्री खेलप्रेमि
अनुपम शर्मिला
Continue Reading | comments
 
Copyright © 2011. यात्रा अझै बाकि छ ... . All Rights Reserved
Template Modify by Inpire by Darkmatter Proudly powered by Blogger