Home »
गजल
» गजल: कती वटा भुरा हुन्छन पियारी आएपछि ।।
गजल: कती वटा भुरा हुन्छन पियारी आएपछि ।।
गजल
कोठाभरी चुरा हुन्छन पियारी आएपछि
मनपरी कुरा हुन्छन पियारी आएपछी ।।
साथीहरु जिस्कदै भन्छन तेरो बिहेपछि
सासु र ससुरा हुन्छन पियारी आएपछि ।।
मैले यही सोंचेर जागिर गरिरहेको छु
कती वटा भुरा हुन्छन पियारी आएपछि ।।
आज सम्म कुम्सी रहेका रहरहरु मेरा,
अधुरा नि पुरा हुन्छन पियारी आएपछि ।।
डिएनके कुवँर
No comments:
Post a Comment