Friday, 17 January 2014
मन छुने कथा
{साधुको झुपडी}
एउटा गाउँ को नजिकै एक झुपडीमा 2 जना साधुहरु बस्दथे ।
हरेक दिन बिहान उठेर दुबैजना नजिकैको मन्दिरमा गई पुजा गरेर आफ्नो झुपडीमा फर्कीन्थे र जे जस्तो भएको पकाएर खान्थे अनि भिक्षा माग्न गाउँतिर पस्थे ।
एकदिन को कुरा हो । दुबैजना साधुहरु भिक्षा माग्न गएका थिए अपरान्हतिर को समय थियो । अचान आकाश कालो मैलो भएर ठुलो आँधीबेहरी चल्यो निकै ठुलो बर्षा पनि भयो । अन्तत: तिनी साधुहरुको झुपडी आँधीले आधा उडाएर लगिदियो ।
साँझपख एकजना साधु अलिक चाँडै आईपुग्यो र देख्यो आफ्नो झुपडी त आधा छैन , त्यसपछि बाहीर बसेर रुदै भगवानलाई सराप्न थाल्यो > हे भगवान यो तेरै काम हो , यौटा गरीबको झुपडी पनि देखि सहिनस् तैँले कति निर्दयी छस् तँ , म दिन भरि तेरै नाम जप्छु साँझ बिहान तेरै पुजागर्छु तर पनि तँ सँधै मेरो निम्ति कुभलो गर्छस् । गाउँमा त्यत्रा लुटेरा चोर फटाहाहरुका घर छन् तिनलाई केहि गरिनस , आखीर यत्रो आँधी चलाएर हाम्रै घर भत्काईदिईस अब त तँ माथीको भरोसा पनि टुट्यो मेरो । . . . . .
उ यस्तै के के रुँदै बर्बराउँदै थियो , यतिकैमा अर्को साधु पनि आईपुग्यो र आधा बाँचेको झुपडि भित्र गएर रमाउँदै नाच्न थाल्यो र भन्दैथियो >
हे भगवान् ! आज बिश्वास भयो तिमी हामि जस्ता गरीब दुखिमाथी कति दया र प्रेम गर्छौ ! यो आधा झुपडी तिमीले नै बचाएको हुनुपर्छ नत्र त यत्रो तेज आँधी बेहरी मा यो जाबो झूपडी पुरै उडेर कहाँ कहाँ पुग्नुपर्थ्यो , यो तिम्रै कृपा हो अझै पनि हाम्रो शिर ढाक्ने ठाउँ बाँकी छ, मैले साँझ बिहान पुजा गरेको पनि सार्थक नै छ जस्तो लाग्यो र आजबाट तिमी माथी को बिस्वास झनै बढ्यो भोलीदेखी अझ धेरै पुजा गर्नेछु तिम्रो , हे ईश्वर तिमीलाई कोटि कोटी प्रणाम ।. . . . . . !
पहिलो साधु हेरेको हेरै
आदरणिय मित्रहरु यौटै परिस्थीतीमा पनि सँगै बस्ने दुईजना उस्तै मान्छेको नजर कति फरक रह्यो ?
यदि पहिलो साधुको जस्तो दृष्टीकोण हामीमा पनि छ भने हामी हाम्रो अगाडीका हरेक कुरामा कमि कमजोरी नै देख्न पाउँछौँ र दोस्रो साधुको जस्तो दृष्टीकोणमा हरेक चिज या बिकट परिस्थीतीमापनि केहि राम्रो कुरा नै देख्न पाउँछौँ ।
शायद यहिनै हो सकारात्मक सोच र नकारात्मक सोच भनेको ।
जबसम्म हामि यस्ता नकारात्मक सोचमा परिवर्तन ल्याउन सक्दैनौँ तब सम्म हाम्रो सन्सार र हाम्रो भबिष्य अन्धकार मय नै हुन्छ ।
कुनै यौटा रमाईलो चुट्किला हामीले पहिलो पटक सुन्यौ भने हामी खुब हाँस्छौँ , दोस्रोपटक सुन्दा अली अली हाँस्छौँ अनि तेस्रोपटक सुन्नुपर्दा हामीलाई झर्को लागेर आउँछ । एउटै खुशि बार बार दोहोरीदा हामी त्यसलाई खुशि नै मान्दैनौँ तर दु:ख स-साना दोहोरिरहँदा पनि सँधै दुखी भईरहन्छौँ आखिर किन होला ???
हजुरहरु कसैसँग यसको उत्तर छ कि !
रमेश कुवँर 'गोठालो'
तप्पेश्वरि - 8 उदयपुर
सगरमाथा, नेपाल हाल - बिरानो मुलुक ।





